काठमाडौं, १४ असोज । नेवा ताम्सालिङ समन्वय समितिले प्रदेश नम्बर ३ को नामकरण नेवा ताम्सालिङ हुनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतबार राजधानीको माइती घर मण्डलामा प्रदर्शन गर्दे सरोकारवालाहरुले संविधानमा व्यवस्था गरिए अनुरुप आफूहरुको पहिचान खुल्ने गरी प्रदेशको नामाकरण गरिनु पर्ने माग गरे ।
यसअघि पनि प्रदेश तीनको नामाकरणका बिषयमा पट पटक सरकारलाई ध्यानाकर्षण गराएपनि बेवास्ता गरिएको उनीहरुको भनाई छ ।




