प्रदेश ३ को नाम ‘नेवा ताम्सालिङ’ राख्न सांसदको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

प्रदेश ३ को नाम ‘नेवा ताम्सालिङ’ राख्न सांसदको प्रस्ताव

नेवाः तामसालिङ

काठमाडौं, २५ जेठ । प्रदेश ३ का केही सांसदहरुले नेवाः तामसालिङको नाममा प्रदेशको नामाकरण गरिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंको तमुबौद्ध सेवा समितिमा पत्रकार सम्मेलन गरि उनीहरुले संविधानले तय गरेका पहिचानका ५ र सामर्थ्यका ४ आधार तथा संघीयताको अन्तर्राष्ट्रिय अनुभवका आधारमा आफुहरुले नेवाः तामसालिङ नाम प्रस्ताव गरेको बताए ।

प्रदेश नम्बर ३ ले बहुपहिचानलाई प्रतिनिधित्व गरेको भएपनि मुख्य बाहुल्यता नेवार र तामाङ समुदायको भएको भन्दै सांसदहरुले प्रदेशको नाम नेवा तामसालिङ नै राखिनुपर्ने दाबी गरे । पत्रकार सम्मेलनमा सांसद सीता अधिकारीले विभिन्न सभ्यताहरुको योगको रुपमा रहेको नेवा सभ्यता र वत्तिस हजार बर्ष पुरानो ईतिहास बोकेको तामसालीङ सम्भताको वस्तुगत धरालतीय आधारमा बहुपहिचानको प्रतिनिधित्व हुनेगरी नेवाः तामसालिङ नामाकरण गर्नु उपयुक्त हुने तर्क गर्नुभयो ।

अर्का सांसद रत्न ढकालले २० प्रतिशत तामाङ र १७ प्रतिशत नेवार बसोबास गर्ने भएकाले त्यसैलाई आधार बनाएर नामाकरण गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी सांसद प्रतिमा श्रेष्ठले जातिय पहिचानको आधारमा प्रदेशको बसोबासको वस्तुस्थितिकै आधारमा नाम प्रस्तावित गरिएको बताउनुभयो ।

प्रदेश नम्बर ३ को सचिवालयमा यही जेठ ९ गते सांसद ओम घलान र प्रतिमा श्रेष्ठ प्रस्तावक रहेर ३ नम्बर प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ प्रदेश राखियोस् भनी प्रस्ताव दर्ता भएको छ । यस प्रस्तावलाई सांसदहरु रत्न ढकाल, प्रेम बहादुर तामाङ र सीता अधिकारीले समर्थन गर्नुभएको छ । अहिले सम्म प्रदेशका लागि गौरीशंकर र नेवामण्डल गरि थप दुई नामका प्रस्ताव पनि दर्ता भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);