प्रदेश ३ को नामाकरण नेवाः ताम्सालिङ राख्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रदेश ३ को नामाकरण नेवाः ताम्सालिङ राख्न माग

padesh3

काठमाडौं, ८ असार । प्रदेश ३ लाई नेवाः ताम्सालिङ राज्य नामाकरण गर्न माग गर्दै काठमाडौंमा दवाव दिन सुरु गरिएको छ । नेवाः ताम्सालिङ समन्वय समितिको आह्वानमा प्रदेश ३ लाई नेवाः ताम्सालिङ राज्य घोषणा गर्न माग गर्दै शुक्रबार काठमाडौंको रत्नपार्कमा प्रर्दशन गरिएको हो ।

नेवार र तामाङ समूदायको बाहूल्यता रहेको यो प्रदेशलाई उनीहरुको पहिचान झल्कनेगरी नामाकरण गर्न दवाव दिन सुरु गरिएको प्रर्दशनमा सहभागी पूर्व मन्त्री हिसिला यमीले बताइन् । भूगोल र पहिचानको आधारमा प्रदेशहरुको नामाकरण गर्नुपर्ने माग समितिले राख्दै आएको छ ।

आफूहरु जातीय पहिचानको पक्षमा नभई त्यहाँको समुदायको पहिचानको पक्षमा रहेको पनि समितिले स्पष्ट पारेको छ । प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा बहस सुरु भएको छ ।

सोही सन्दर्भलाई केन्द्र भागमा राखेर समितिले प्रदेश ३ को नामाकरण नेवाः ताम्सालिङ राख्न प्रदेश सरकार र संघीय सरकारलाई दवाव दिन सुरु गरेको हो । प्रर्दशनीमा पहिचान विरोधी प्रदेशको नामाकरण गरे कडा प्रतिवादमा उत्रने चेतावनी सहितको नाराबाजी समेत गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);