पर्सामा अपराधिक गतिविधि बढदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पर्सामा अपराधिक गतिविधि बढदै

aaparadha

अनुप तिवारी,
पर्सा, १७ असोज । पछिल्लो समय पर्सा जिल्लामा विभिन्न अपराधिक गतिविधि बढेको छ । चाडवाड नजिकिंदै गर्दा अपराधिक क्रियाकलाप नियन्त्रणमा नआएकोमा सर्वसाधारणदेखि उद्योग व्यवसायीमा चिन्ता बढेको छ ।

पर्सामा बढ्दो अपराधिक गतिविधिलाई रोक्न नेपाल प्रहरीले विशेष सुरक्षा योजना अघि सारेको छ । पर्सामा अपराधिक गतिविधि बढेकोमा स्थानीयमा चिन्ता बढेको छ । जिल्लामा हत्या, बलात्कार , जबरजस्ति करणी, ज्यान मार्ने धम्की, अपहरण लगायतका अपराधको संख्या बढेको पाइन्छ । चाडवाड नजिकिंदै गर्दा बढेको अपराधिक घटनाको नियन्त्रणको लागि प्रहरीले विषेश योजना अघि सार्नु पर्ने उद्योगी व्यवसायीहरुले सुझाएका छन् ।

उद्योगी केडिया पनि ५ वर्ष अघि भारतीय अपराधीको गोलीको निशान बनेका थिए । आफनै पसलमा बस्दा उनीमाथि दिउसैं गोली प्रहार भएको थियो । चालु आर्थिक वर्षको दुई महिनामै पर्सामा जबर्जस्ती करणी ८ तथा जबर्जस्ती करणी उद्योगका एउटा मुद्दा दर्ता भएको छ । ज्यान मार्ने उद्योग, कर्तव्य ज्यानका १२ वटा मुद्दा दर्ता भएका छ । त्यस्तै १५ वटा आत्म हत्या र ज्यान सम्बन्धी अन्य १८ वटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ । चालु आर्थिक वर्षको असार र साउनमा मात्रैे दर्ता भएको १ सय ४९ वटा मुद्दा माथि अनुसंधान भइरहेका छ ।

मुद्दा दर्ताको संख्याले विगतको तुलनामा संख्यागतरुपमा बढेको देखिन्छ । गएको वर्षमा पर्सामा जम्मा ८ सय ७५ वटा विभिन्न अपराधको मुद्दा दर्ता भएका थिए । लुटपाट, अपहरण, धम्की, जबर्जस्ती असुली जस्ता गतिविधी विगत भन्दा केहि कम भएपनि समाजिक अपराध भने पर्सामा विगत भन्दा बढदो अवस्थामा देखिन्छ । प्रहरीले अपराध न्युनिकरणको लागि प्रयास भइरहेको बताए पनि कमी भने आउन सकेको छैन ।

गएको वर्ष प्रत्येक महिना औषत ७२ वटा मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्षमा औषत ७५ वटा मुद्दा दर्ता भइरहेको छ । अपराधीले भारततर्फको खुला सिमानाको फाइदा लिने गरेका छन । चाडवाडकोे समयमा अपराध बढी हुने गरेकोल यस पटक विषेश सुरक्षा योजना अघि सारेको छ ।

चोरी, डकैती, अपहरण, धम्की, महिला हिंसा लगायतका घटना रोक्न प्रहरीले समुदायसंगको सहकार्य पनि बढाएको छ । तर प्रयाप्त छैन । अब सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम बढाई भारतीय सिमानामा रहेको पोष्टहरुमा प्रविधी सहितको दक्ष जनशक्ति राखेर सिमापारीबाट हुने अपररधलाई नियन्त्रण गर्न जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);