पतंजली योगपिठ नेपालले आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

पतंजली योगपिठ नेपालले आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्ने

univercity

काठमाडौं, १७ असोज । पतंजली योगपिठ नेपालले नेपालमा आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

बुधवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा पतंजली योगपिठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आचार्य बालकृष्णले नेपालमा आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएका हुन् । उनले नेपालमा आयुर्वेद तथा योगसम्बन्धि अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भईसकेको जानकारी दिए ।

उनले पतंजली योगपिठले नेपाललाई आयूर्वेद र योगको माध्यामबाट समृद्ध र स्वच्थ बनाउन चाहेको पनि बताए । चर्चित योगगुरु रामेदवको स्वामित्व रहेको पतंजली योगपिठको नेपालस्थित कम्पनी आचार्य बालकृष्णको नेतृत्वमा संचालित छ ।

अध्यक्ष बालकृष्णले पतंजली योगपिठको आयूर्वेदका उत्पादनहरु गुणस्तरहिन रहेको स्विकार गर्दै त्यसमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे ।