शान्ति विश्वविद्यालय स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौता अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

शान्ति विश्वविद्यालय स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौता अनुमोदन

काठमाडौं, ९ असोज । संघीय संसदले शान्ति विश्वविद्यालय स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पास गरेको हो ।

कसले के भने ?

शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथिको छलफलमा सहभागी हुँदै सांसद खगराज अधिकारीले कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव प्र्रशंसनिय रहेकाले यसलाई अनुमोदन गरेर अघि बढ्नुपर्ने बताए ।

सासंद प्रेम सुवालले शान्ति विश्वविद्यालय बनाउने कुरा राम्रो भएपनि पाठ्यक्रम राम्रो बन्न सकेन भने अपेक्षाकृत उपलब्धि नहुने भन्दै पाठ्क्रम निर्माणमा उचित ध्यान दिनुपर्नेमा जोड दिए । उनले साम्राज्यवाद र पूँजीवादको समाप्त नभएसम्म शान्ति सम्झौता अनुमोदन गर्दैमा शान्ति नआउने तर्क गरे ।

सांसद पुष्पा भुसालले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदन गर्नु अगाडि विश्वविद्यालयको पाठ्क्रमलाई छलफलको विषय बनाईनुपर्ने बताइन् । कुनै पनि नेपाली नागरिक अन्तर्राष्ट्रिय शान्ति विश्वविद्यालयमा पढेर आईसकेपछि शिक्षा मन्त्रालय वा नेपालको विश्वविद्यालयको राय के हुने भन्नेबारे पहिले नै स्पष्ट हुनु जरुरी रहेको उनको भनाइ छ ।

सांसद नवराज सिलवाल नयाँ पुस्तालाई द्वन्द्व अन्त्य गर्दै शान्ति स्थापनामा लिनुपर्ने नेतृत्व र सक्रियता अघि बढाउने सन्दर्भमा कोस्टारिकाको शान्ति विश्वविद्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

उनले नेपालले लामो समय देखि अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनामा संयुक्त राष्टसंघलाई सहयोग पुर्याउँदै आएको परिवेशमा सम्झौता पास गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढ्ने बताए ।

सांसद देव गुरुङ्गले महासन्धि पास गर्ने प्रस्ताव सकारात्मक भएपनि अंग्रेजी अनुवादमा कतिपय भाषाहरु अस्पष्ट भएकाले स्पष्ट पारेर अघि बढ्नुपर्ने सुझाव दिए ।

परराष्ट्रमन्त्रीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए । सांसदहरुले प्रस्तावमाथि उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले अन्तर्राष्ट्रिय सम्झौताको नेपाली अनुवादमा देखिएका भाषागत त्रुटीलाई सच्याईने र प्राप्त सुझावलाई समेटेर अघि बढ्ने बताए ।

संयुक्त राष्ट्रसंघको सहयोगमा जापान र कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना भएको छ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १२ गते कोस्टारिका पुगि त्यहाँस्थित शान्ति विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);