शान्ति विश्वविद्यालय स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौता स्विकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शान्ति विश्वविद्यालय स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौता स्विकृत

काठमाडौं, ४ असोज । प्रतिनिधिसभाले ’शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता’ स्विकृत गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता’ सर्वसम्मतिले स्विकृत गरिएको हो।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेस सुवालले विश्व शान्ति स्थापनाका लागि आवश्यक पहल गर्न सरकारलाई सुझाव दिए । यता, गृहमन्त्री थापाले विश्वमा शान्ति स्थापनाका लागि नेपालले अग्रणी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै त्यसका लागि ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता’ पनि स्विकार गर्नु परेको स्पष्ट पारे ।

उनले नेपालको शान्ति र राजनीतिक स्थायित्वलाई सुदृढ बनाउन पनि सो सम्झौंता उपयोगी हने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्र संघको महासभाले विश्व शान्ति स्थापनामा टेवा पु-याउने उद्देश्यले कोष्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता पारित गरेको थियो ।

सोही प्रस्ताव सदस्य राष्ट्रको हैसियतले नेपालले पनि स्विकार गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);