घुससहित वीरगन्ज महानगरपालिकाका तीन जना कर्मचारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

घुससहित वीरगन्ज महानगरपालिकाका तीन जना कर्मचारी पक्राउ

वीरगन्ज, ४ असोज । सेवाग्राहीसँग घुस लिएको आरोपमा वीरगन्ज महानगरपालिका शिक्षा समन्वय इकाईका प्रमुख सहित तीन जना पक्राउ परेका छन् ।

बिहीबार निजी विद्यालय संचालनको अनुमती दिन १ लाख घुस मागेको आरोपमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरका तीन जना कर्मचारीलाई प्रक्राउ गरेको हो ।

प्रक्राउ परेकामा महानगरका शिक्षा समन्वय इकाई प्रमुख मञ्जुर आलम, शाखा अधिकृत शशीभुषण साह र साहका भान्जा अरुण साह रहेका छन् । उनीहरुलाई सेवाग्राहीको उजुरीका आधारमा अख्तियारले प्रक्राउ थियो ।

बीरगन्ज महानगर–६, लाठ गल्लीमा रहेको एक होटलमा घुसको रकम बुझ्न आएका अरुण साहलाई नियन्त्रणमा लिएपछि साहको बयानको आधारमा अख्तियाले मञ्जुर र शशीभुषणलाई समेत पक्राउ गर्न सफल भएको हो ।

बीरगन्ज महानगर १४ मा आवश्यक पूर्वाधार तयार भएपनि विद्यालय सञ्चालनका लागि अनुमति माग्दा मञ्जुर र शशी भुषणले घुस मागेपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए ।