प्रधानाध्यापकहरुको सरुवाको विषयलाई लिएर वीरगन्ज महानगरका विद्यार्थी आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानाध्यापकहरुको सरुवाको विषयलाई लिएर वीरगन्ज महानगरका विद्यार्थी आन्दोलनमा

वीरगन्ज, ९ पुस । वीरगन्ज महानगरपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरुको सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । महानगरपालिकाले राजनैतिक चलखेलका आधारमा शिक्षकहरुको सरुवा गरेको भन्दै विधार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सोही बिषयलाई लिएर शिक्षक संगठनहरुले दुई दिनकालागि महानगर अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्मालयहरु बन्द गरेका छन् । वीरगन्ज महानगरपालिकाले सरुवाको निर्णय कुनैपनि हालतमा फिर्ता नलिने जनाएपछि सोमबार बिहान देखी विद्यार्थीहरु बिरोधमा उत्रिएका छन् ।

उता सरुवामा परेका प्रधानाध्यापकहरुले विधार्थीहरुलाई उचालेर आन्दोलन गराएको आरोप बीरगन्ज महानगरले लगाउँदै आएको छ । तर सरुवामा परेका शिक्षकहरु भने त्यसको इन्कार गर्छन ।

बीरगन्ज महानगरका मेयर बिजय सरावगीले शिक्षक महासंघको निर्वाचनको मुखमा राजनैतिक उद्देश्यका साथ चुनावलाई प्रभाबित बनाउन योजनाबद्ध रुपमा सरुवा गरेको शिक्षकहरुको आरोप छ । तर सराबगीले भने त्यसो नभएको दाबी गरे ।

वीरगन्ज महानगरमा ९५ वटा सामुदायिक विद्यालय रहेका छन् । महानगर भित्र २० हजार १ सय ८५ जना विधार्थी सामुदायिक विधालयमा अध्यनरत रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);