निर्मलाका हत्याराको अत्याधुनिक प्रविधिमार्फत छानबिन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्मलाका हत्याराको अत्याधुनिक प्रविधिमार्फत छानबिन सुरु

nirmala panta hatya

काठमाडौं, ४ असोज । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीको नेपाल प्रहरीले अत्याधुनिक प्रविधिमार्फत छानबिन सुरु गरेको छ । माउण्टेन टेलिभिजनसँग कुरा गर्दै नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार पछिको हत्यामा प्रहरीले संगठनभित्रकै व्यक्तिहरु माथि समेत छानविन गरिरहेको बताए ।

उनले अनुसन्धानमा सबै प्रकारका आधुनिक विधि विज्ञानको प्रयोग गरेर छानविन जारी राखिएको स्पष्ट पारे । पछिल्लो समय ठूला ठूला घटनामा सिंगो प्रहरी संगठनको साख गिरेको उनले बताए ।

प्रहरीको साख जोगाउन आफ्नै संगठनभित्रका गलत मनसाय भएका कर्मचारीमाथि समेत छानविन गरी कठोर सजायको नीति लिइएको उनले बताए । अपराधीलाई पक्रेर कानुनको कठघरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध रहेको उनको भनाई छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);