नेपालमा २० लाख मानिस मानसिक रोगको शिकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नेपालमा २० लाख मानिस मानसिक रोगको शिकार

काठमाडौं, १७ मंसिर । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले मानसिक स्वास्थ्य सेवालाई सहज बनाउन सरकारसँग माग गरेको छ ।

संगठनले मानसिक स्वास्थ्य सेवालाई सरकारको विद्यमान स्वास्थ्य सेवा भित्र समावेश गर्न ढिलाई नगर्न पनि सरकारसँग आग्रह गरेको छ । विश्व अपांगता दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संगठनका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्य सेवालाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले मानसिक रोगीहरुलाई सामाजिक सुरक्षा दिन नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरे । संगठनले समयमै उपचार नपाएका कारण मानसिक स्वास्थ्य रोगीहरु आत्महत्या गर्न पुगेको निष्कर्ष समेत निकालेको छ ।

संगठनका कार्यकारी निर्देशक देवकोटाले मानसिक स्वास्थ्य समस्या हल गर्दै जान सबै तहको सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए । नेपालमा हाल २० लाख मानिस मानसिक रोगको शिकार भएको संगठनको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);