मानसिक रोगका कारण नेपालमा ९० प्रतिशतभन्दा बढि आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मानसिक रोगका कारण नेपालमा ९० प्रतिशतभन्दा बढि आत्महत्या

विश्वमा ३० करोडभन्दा बढि मानिस डिप्रेशनको समस्यामा

काठमाडौं, १७ वैशाख । नेपालमा नब्बे प्रतिशतभन्दा बढि आत्महत्या मानसिक रोगका कारण हुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपाल (सीएमसी, नेपाल) को अध्ययन प्रतिवेदनले नेपालमा ९० प्रतिशतभन्दा बढि आत्महत्या मानसिक रोगका कारण हुने गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

सोमबार काठमाडौंमा आयोजित १५ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले ९० प्रतिशतभन्दा बढि आत्महत्या गर्नेहरु मानसिक रोगी भएको तथ्यांक पेश गरेका छन् ।

नेपालका करिव ५० देखि ५५ लाख मानिस मानसिक समस्याबाट पीडित
उनले नेपालका करिव ५० देखि ५५ लाख मानिसहरु कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको बताए । अध्ययनले नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएको पनि देखाएको छ ।

केन्द्रले १० वर्षे सशस्त्र युद्ध, रोजगारीको अभाव, प्राकृतिक विपत्ति नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै जानुको मुख्य कारकको रुपमा रहेको पनि जनाएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले भूकम्पका कारण पनि नेपालमा मानसिक स्वास्थ्यसम्बन्धि समस्या बढेको अध्ययनले देखाएको स्पष्ट पारे ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक ५ जना व्यक्तिमध्ये १ जनामा कुनै न कुनै रुपमा मानसिक स्वास्थ्य समस्या रहेको देखिएको छ । विश्वमा हाल ३० करोडभन्दा बढि मानिसहरु डिप्रेशनको समस्यामा परेको पनि बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);