नेपालमा झन्डै ६० लाख मानिसमा मानसिक समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा झन्डै ६० लाख मानिसमा मानसिक समस्या

रामनिवास यादव
काठमाडौं, २३ असोज । हरेक वर्ष अक्टोबर १० तारिखका दिन विश्वभर मानसिक स्वास्थ्य दिवस मनाउने गरिन्छ । नेपालमा पनि दिवसको सन्दर्भमा तामझामका साथ सडकमा -याली र तारे होटलमा छलफल कार्यक्रम गरि मनाइन्थ्यो । तर यसपटक त्यस्तो खासै देखिएन ।

जे होस पछिल्लो समय मानसिक समस्या बढ्दो रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । मानसिक रोगका कारण धेरै मानिसहरुले अकालमा ज्यान गुमाएको घटनाले यो समस्या हरेक देशलाई चुनौती बनिरहेको छ ।

मानसिक रोगका कारण विश्वभरि वर्षेनी लाखौँ मानिसहरुले आकालमा ज्यान गुमाउनु परेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । मानसिक रोगका कारण धेरै मानिसको परिवारीक तथा समाजिक जीवन नै बर्बाद भएको छ ।

विश्वमा हरेक बर्ष करिब ३० करोड मानिसहरु डिप्रेशनको शिकार भइरहेका छन् , खुशी तथा सन्तुष्टिका साथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थको पहिलो खुडकिलो भए पनि ३० करोड मानिस यो अधिकारबाट बञ्चित भइरहेका छन्।

विश्वमा करोडौं मानिसहरु एक खित्का पनि नहाँसी तनावबीच आफ्ना दिन अनि बर्षहरु गुजारी रहेका छन् । मानसिक गडबढीकै कारण आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना जस्ता घटनाहरु दैनिक सुनिरहेका हुन्छौँ ।

आधुनिक जीवनशैली अनि बढ्दो मानवीय महत्वाकांक्षाका कारणले मानिसहरुमा लामो समयसम्मको निराशापना, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरु बढिरहेको चिकित्सकहरु बताउँछन् ।

विश्वमा ३० करोड बढी मानिसमा मानसिक समस्या देखिएको तथ्याँक सार्वजनिक हुँदा नेपालमा करिब ६० लाख मानिसमा मानसिक समस्या रहेको अनुमान गरिएको छ । ती मध्ये ४० लाख उपचारको पहुँचबाट बाहिरै छन् ।

मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र सामान्य जीवनकालागि पहल गर्नु पर्ने चिकित्सकको सुझाव छ । मानसिक रोग समयमै उपचार गरे निको हुने केन्द्रिय मानसिक अस्पताल लगनखेलका डा. बासुदेव कार्की बताउनु हुन्छ ।

अभाव र तनाव अनि देखासिकिले मानिसलाई तनावमा पार्छ । यही तनावलाई समयमै नियन्त्रण गर्न नसके मानसिक समस्या निम्त्याउँछ । मानसिक रोगीलाई समयमै उपचार, परिवार र समाजको सहयोगी भुमिकाले सामान्य जिवन यापनमा सहयोग पुग्छ ।

मानसिक रोगीहरुलाई दया होइन माया र स्नेहले भरीएको सामाजिक संरचनाको विकास गरेर पुन स्वास्थ्य नागरिक बनाउन सकिने अध्ययनले देखाएको छ । यसका लागि सबै उमेर, वर्ग लिंग र समुदायमा सचेतना आवश्यकता छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);