एमालेसँगको एकता अहिलेसम्मकै ठूलो उपलब्धि भएको दाहालको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेसँगको एकता अहिलेसम्मकै ठूलो उपलब्धि भएको दाहालको भनाइ

Prachandaaa

काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकता प्रक्रिया १० वर्षे जनयुद्धबाट प्राप्त उपलब्धि बढी महत्व भएको बताएका छन ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाले निकै ठूलो तरंग पैदा गरेको भन्दै माओवादीका नेता तथा कार्यकर्ताले आसन्न एकतालाई अहिलेसम्मकै ठूलो उपलब्धिका रुपमा लिनुपर्ने बताए । उनले एमाले र माओवादी एक लागेको विषयलाई कसैले पनि सामान्यरुपमा लिन नहुने बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई पार्टीको एकता प्रक्रियाकै कारण नेपालको इतिहासमा सरकारले दुई तिहाइ वहुमत पाउन लागेको बताए । माओवादी केन्द्रका अध्यक्ष दाहालले उत्साही भएर पार्टीले दिएको जिम्मेवारी वहन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);