एमालेसँगको एकीकरण टुंगो लाग्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमालेसँगको एकीकरण टुंगो लाग्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको दाबी

prachanda

काठमाडौं, २४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बस्ने पार्टी एकता संयोजन समितिको बैठकबाट एमालेसँगको एकीकरण टुंगो लाग्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा अध्यक्ष दाहालले दुई दलबीचको एकताको लागि समान धारणा बनाउनुपर्ने भएकाले केही ढिलाइ भएको भन्दै अब बस्ने एकता संयोजन समिति बैठकबाट टुंगो लाग्ने बताए । केही दिनभित्रै एकता संयोजन समितिको बैठक बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

बैठक आगामि बजेटको विषयमा केन्द्रित थियो । बैठकमा बजेटलाई कसरी प्रभावकारी बनाउने तथा संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँडका विषयमा छलफल भएको प्रमुख सचेतक गुरुङले जानकारी दिए । माओवादी केन्द्रका सांसदहरुले भने आगामी बजेट निर्माण गर्दा पार्टीको घोषणापत्रमा उल्लेख कार्यक्रमहरुलाई प्राथमिकता दिन पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए ।
मंगलबार विहान बस्ने संसदीय दलको बैठकमा अध्यक्ष दाहालले बजेट तथा सरकारको नीति तथा कार्यक्रमका विषयमा पार्टीका सांसद र सरकारमा सहभागी भएका मन्त्रीहरुलाई आवश्यक निर्देशनदिने कार्यसूचि तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);