डुबान नियन्त्रणका लागि आवश्यक कदम चाल्न राजपाद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डुबान नियन्त्रणका लागि आवश्यक कदम चाल्न राजपाद्वारा सरकारको ध्यानाकर्षण

rajapa

काठमाडौं, २४ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालले बाढी नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

सोमबारको राष्ट्रियसभा बैठकमा राजपाका नेता एवम् सांसद वृशेषचन्द्र लालले वर्षात सुरु भएसँगै तराइका जिल्लामा डुबानको जोखिम बढेको भन्दै तत्काल बाढी नियन्त्रणका लागि उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद लालले बाढी नियन्त्रणका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दा सिंचाईको पनि उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

सांसद लालले गत वर्ष आएको बाढीबाट पीडितहरुलाई सरकारले अझै पनि क्षतिपूर्ति उपलब्ध गराउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);