नेपाली कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्वाचित सांसदहरुको बैठक सिंहदरबारमा बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८०, बिहीबार

नेपाली कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्वाचित सांसदहरुको बैठक सिंहदरबारमा बस्दै

नेपाली कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्वाचित सांसदहरुको बैठक केहीबेरमा सुरु हुँदै छ । संसदीय दल गठन र विधान परिमार्जनका विषयमा छलफलका लागि कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्वाचित सांसदहरुको बैठक बस्न लागेको हो ।

congress office

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्वाचित सांसदहरुको बैठक केहीबेरमा सुरु हुँदै छ । संसदीय दल गठन र विधान परिमार्जनका विषयमा छलफलका लागि कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्वाचित सांसदहरुको बैठक बस्न लागेको हो ।

बैठकले संसदीय दलको नेता चयनको प्रक्रियाबारे निर्णय गर्ने बताइएको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता लड्ने नलड्नेबारे केही नबताएकामा महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहले दलको नेतामा दाबी गर्दै आएका छन । कांग्रेसका प्रतिनिधि सभामा ६३ र राष्ट्रिय सभामा १३ गरी ७६ जना सांसद छन् ।