प्रतिनिधि सभाले १ वर्षमा २३७ घण्टा लामो सयवटा बैठक बसेर एउटा मात्रै कानुन बनाएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रतिनिधि सभाले १ वर्षमा २३७ घण्टा लामो सयवटा बैठक बसेर एउटा मात्रै कानुन बनाएपछि…

काठमाडौं, १२ पुस । गत वर्ष मङ्सिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनपछि सुरु भएको प्रतिनिधि सभाले एक वर्षमा २३७ घण्टा लामो एक सयवटा बैठक बसेर एउटा मात्रै कानुन बनाएको छ । एक वर्षमा २ अधिवेशन सञ्चालन हुँदा पहिलो र दोस्रो अधिवेशनमा गरेर १ सय वटा बैठक बस्यो तर सो अवधिमा बजेट सम्बन्धी ३ विधेयकबाहेक जम्मा एउटा कानुन बनेको छ ।

गत असार ३१ गते मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएर कानुन बनेको हो । यस्तै ३ वटा बजेट सम्बन्धी विधेयकहरू पास भएका छन् । बजेटसम्बन्धी विधेयकसहित एक वर्षको अवधिमा जम्मा ४ वटा विधेयक संसद्बाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् । हाल एउटा गैरसरकारी विधेयक सहित प्रतिनिधि सभामा २० विधेयक विचाराधीन छन् । एक वर्षको अवधिमा प्रतिनिधि सभामा १३ तथा राष्ट्रिय सभामा ६ वटा विधेयक दर्ता भए । प्रतिनिधि सभामा २ विधेयक दर्ता भई सांसदहरूलाई वितरण गरिएको छ ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले औषधी तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक २०८० गैरसरकारी विधेयक र सरकारले दर्ता गरेको निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० सांसदहरूलाई वितरण गरिएको अवस्थामा छ । यस्तै बैङ्किङ कसुर तथा सजाय विधेयक, २०८० र भन्सार विधेयक, २०८० सभामा प्रस्तुत गरिएको छ ।

सन्देश सहित प्राप्त भएका विधेयकहरूमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ र विद्युतीय व्यापार विधेयक, २०८० विचाराधिन छन् । यस्तै संसदीय समितिमा १५ विधेयक छलफलका क्रममा छ । कानुन न्याय तथा मानव अधिकार समितिमा सम्पत्ति शुद्धीकरण , संक्रमणकालिन न्यायसम्बन्धि विधेयक विचाराधिन छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);