आर्थिक विकासका लागि अनुकूल वातावरण बनेको नेकपाका अध्यक्ष दाहालको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आर्थिक विकासका लागि अनुकूल वातावरण बनेको नेकपाका अध्यक्ष दाहालको दाबी

prachanda-1

काठमाडौं, २४ जेठ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक विकासका लागि अहिले सबैभन्दा अनुकूल वातावरण बनेको दाबी गरेका छन् ।

बिहिबार काठमाडौंमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विगतमा राजनीतिक स्थायित्व हुन नसक्दा मुलुकको आर्थिक विकासको काम अघि बढ्न नसकेको बताए । कृषि, पर्यटन, उद्योगमार्फत् मुलुकको विकास र समृद्धिको चाहनालाई पूरा गर्न अहिले अनुकुल वातावरण बनेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले साना तथा मझौला उद्योग मुलुकको आर्थिक विकासको मूल आधार भएको भन्दै महासंघले सञ्चालन गरेको ‘एक घर, एक व्यवसाय’ अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);