साढे ३३ किलो सुनकाण्डका आरोपीविरुद्ध जिल्ला आदालत मोरङमा आजदेखि थुनछेक बहस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

साढे ३३ किलो सुनकाण्डका आरोपीविरुद्ध जिल्ला आदालत मोरङमा आजदेखि थुनछेक बहस

sun

काठमाडौं, २७ बैशाख । साढे ३३ किलो सुन तथा सनम हत्या काण्डका आरोपीविरुद्ध जिल्ला आदालत मोरङमा आजदेखि थुनछेक बहस हुने भएको छ ।

बहसका लागि प्रतिवादीको तर्फबाट हालसम्म ४४ जना कानून व्यावसायीले वकालतनामा दर्ता गराएको अदालतको मुद्दा शाखाले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तको बयान जिल्ला अदालतले रेकर्ड गरिसकेको छ । अभियुक्त धेरै भएकोले निरन्तररुपमा बहस चल्दापनि बहस सकिन एक साताभन्दा बढी समय लाग्ने कानुन व्यवसायीको अनुमान छ ।

सुन काण्ड र सनम हत्या प्रकरणमा बहालवाला वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, डिएसपी प्रजित केजी, डिएसपी संजय राउत र पूर्वडिआईजी गोविन्द निरौला मुछिएकाले यो मुद्दालाई निकै चासो साथ हेरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);