अरुण तेस्रोको निर्माण समयमै सम्पन्न हुनेमा आशंका | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अरुण तेस्रोको निर्माण समयमै सम्पन्न हुनेमा आशंका

oli modi

सरोज थापा
काठमाडौं, ३० बैशाख
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास भएको छ । भारतीय कम्पनी सतलजले अरुण तेस्रो निर्माणको जिम्मेवारी पाएको १० बर्ष पछी परियोजनाको शिलान्यास भएको हो । सम्झौता अनुसार सतलजले परियोजना निर्माण कार्य पाँच बर्षभित्र सक्ने उल्लेख छ । तर, जानकारहरु भने समयमै आयोजना निर्माण हुनेमा आशंका व्यक्त गर्छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला गर्ने भनिएको अरुण तेस्रो जलविधुत आयोजनाको शिलान्यास अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको छ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले काठमाडौंमा स्वीच थिचेर संयुक्त रुपमा शिलान्यास गरेको अरुण तेस्रोको निर्माण समयमै सकिनेमा भने जानकारहरुले आशंका व्यक्त गरेका छन् ।

भारतको केन्द्र सरकार र हिमाञ्चलल प्रदेश सरकारको साझेदारीमा खोलिएको एसजेभिएन (सतलज विद्युत निगमल) ले अरुण तेस्रो परियोजना सर्भे लाइसेन्स पाएको १० बर्ष पछि मात्र आयोजनाको शिलान्यास भयो । विक्रम संवत २०७१ मंसिर ९ गते लगानी बोर्डसँग सतलजले आयोजना विकास सम्झौता (पिडिए) गर्दा दुई वर्षपछि निर्माण कार्य सुरु गर्ने सहमति गरेको थियो ।

सम्झौता अनुसार ९ सय मगावाटको यो परियोजना पाँच बर्ष भित्रमा निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, शीलान्यासमै डेढबर्ष ढिला भएको आयोजाना समयमै सकिनेमा ढुक्क हुने अवस्था छैन । परियोजना समयमै सक्न दुबै पक्ष जिम्मेवार बन्नुपर्ने विज्ञहरुको सुझाव छ ।

आयोजनाको शिलान्यास गरिए पनि भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा विद्युत खरिद विक्रीका अन्य पक्षका बारेमा छलफल हुन नसकेको पूर्व अर्थमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीको भनाइ छ ।

संखुवासभा जिल्लामा पर्ने अरुण तेस्रो जलविद्युत् आयोजनाको कुल अनुमानित लागत एक खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । तर, दुई बर्षभित्र सम्पूर्ण लगानी जुटाउने जिम्मेवारी पाएको सतलजले हालसम्म लगानीको जोहोसमेत गर्नसकेको छैन ।

सो जलविधुत आयोजनाबाट नेपालले २५ बर्षका लागी कुल विद्युत उत्पादनको १ सय ९७ मेगावाट निशुल्क पाउने छ । १० बर्ष सम्म शतप्रतिशत आयकर छुट हुने छ । आयोजनाबाट बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले नोपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);