मोदी राजधानी नआइ किन जनकपुर ? : सांसद सुवाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोदी राजधानी नआइ किन जनकपुर ? : सांसद सुवाल

prem suwal

काठमाडौं, २६ बैशाख । सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे सदनलाई जानकारी नभएको भन्दै भ्रमणको बारेमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् ।

सांसद सुवालले मोदीको भ्रमण जनकपुरबाट हुनुको कारणसमेत सदनलाई जानकारी गराउन माग गरे । छिमेकी राष्ट्रका प्रधानमन्त्री नेपाल भ्रमण राजधानीबाट हुनुपर्ने भन्दै उनले मोदीको भ्रमण किन जनकपुरबाट हुन लागेको भनी प्रश्न गर्नुभयो । उनले जवाफ मागेको केहीबेरमा नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे सदनलाई जानकारी गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);