सरकारविरुद्ध नेविसंघको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

nebisangh

काठमाडौं, १ वैशाख । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रघात हुने खालका सहमति गरेको भन्दै नेवि संघले मंगलबार काठमाडौंको विभिन्न क्याम्पस अगाडि विरोध प्रर्दशन गरेको हो ।

अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम भारतलाई दिने लगायतका राष्ट्रघाती काम गरेपछि त्यसको विरोधमा प्रधानमन्त्रीविरुद्ध संघर्ष गर्नु परेको नेविसंघका नेताहरुले बताएका छन् ।

उनीहरुले सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले नेपालको स्वाभिमानविरुद्ध दिएको अभिव्यक्तिको पनि सरकारले खण्डन नगरेको भन्दै आपत्ति जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाएको संघको आरोप छ । राष्ट्रियता, प्रजातन्त्रमाथि धावा बोल्ने काम नगर्न भन्दै उनीहरुले प्रधानमन्त्री ओली विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

नेविसंघले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सेना नेपाल भित्रयाएको भन्दै आपत्ति पनि जनाएका छन । मोदीको नेपाल भ्रमणका क्रममा नेपाली मिडियालाई लाईभ गर्न रोक लगाएकोमा पनि नेविसंघले आक्रोश छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);