प्रस्तावित प्रधानन्यायाधीश राणबिरुद्ध ९ वटा उजुरी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रस्तावित प्रधानन्यायाधीश राणबिरुद्ध ९ वटा उजुरी

Cholendra jabara

काठमाडौं, १२ पुस । प्रधानन्यायाधिशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाविरुद्ध नौं वटा उजुरी परेको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबार बसेको बैठकमा प्रधानन्यायाधिशमा प्रस्तावित राणाविरुद्ध परेको नौं वटा उजुरी अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिएको छ ।

बैठकले शुक्रबार अपरान्ह ३ बजे उजुरीकर्ताहरुलाई छलफलका लागि बोलाउने कार्यतालिका तय गरेको छ । उजुरी कर्तासँगको छलफलपछि प्रधानन्यायाधिशमा प्रस्तावित राणाको सुनुवाईको मिति तय गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिका सदस्यहरुले सो उजुरीको अध्ययन गरेपछि शुक्रबार बस्ने बैठकमा उजुरीकर्तासँग छलफल गरिनेछ ।

संवैधानिक परिषदले यही पुस १७ गतेबाट प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले अवकाश पाउने भएपछि सर्वोच्च अदालतका न्यायाधिश राणालाई प्रधानन्यायाधिशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधिशमा प्रस्तावित व्यक्तिलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);