प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे आज पनि निर्णय भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे आज पनि निर्णय भएन

dipak raj joshi

काठमाडौं, १६ साउन । संसदीय सुनुवाई विशेष समितिले सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन ।

समितिको बुधवार दिउँसो साँढे तीन बजे बस्ने भनिएको बैठक बेलुका ६बजे मात्रै बसेको थियो । जोशीलाई प्रधानन्यायाधीस बनाउने कि नबनाउने भन्ने बिषयमा सत्तारुढदल नेपाल कम्यूुनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरु बिभाजित भएपछि बुधवार पनि सुनुवाइ हुन नसकेको हो ।

समितिले साउन १० गते नै सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबार दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय हुन सकेन । समितिको अर्काे बैठक साउन १८ गते शुक्रवार बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);