म्यानपावर कम्पनी ईजाजतको धरौटी ६ करोड पुर्‍याउने प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

म्यानपावर कम्पनी ईजाजतको धरौटी ६ करोड पुर्‍याउने प्रस्ताव

money

काठमाडौं, १६ साउन । सरकारले म्यानपावर कम्पनी ईजाजतको धरौटी रकम ६ करोड पुयाउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी आन्दोलित भएका छन् ।

बुधबार भएको म्यानपावर व्यवसायिको बृहत भेलामा व्यवसायिहरुले सरकारको निर्णय आफूहरुलाई मान्य नहुने बताउँदै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जथाभावी म्यानपावर कम्पनीहरु खुलेको तथा धरौटी रकम कम हुँदा म्यानपावर दर्ता गरी ठगी गर्दै लाईसेन्स बेच्ने काम भईरहेको भन्दै सरकारले कम्पनी ईजाजतको धरौटी रकम ६ करोड पु¥याउने प्रस्ताव ल्याएको हो । सरकारको सो प्रस्तावको म्यानपावर व्यवसायी आन्दोलित भएका हुन् ।

व्यवसायिहरुले सरकारले ६ करोड धरौटी प¥याएर म्यानपावर व्यवसाय नै ध्वस्त पार्न खोजेको आरोप लगाए । १० हजार सेवा शुल्क उठाएर ६ करोडको धरौटी राख्न नसकिने र सरकारको प्रस्तावले झन ठगी बढ्ने व्यवसायीको भनाइ छ । व्यवसायीले सरकारले ल्याएको प्रस्ताव नसच्चाए कम्पनी बन्द गरी लाईसेन्स सरकारलाई बुझाउने चेतावनी दिएका छन्।

भेलामा सहभागी व्यवसायीले वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व नै सरकारसँग मिलेको आरोप लगएका छन् । संघ ६ करोड धरौटी लिने सरकारको प्रस्तावको पक्षमा उभिएको आरोप लगाउँदै व्यवसायिहरुले अध्यक्ष रोहन गुरुङप्रति आक्रोश व्यक्त गरे । संघको नेतृत्वले चरम दुरुपयोग गरेको सरोकारवालाको भनाइ छ ।

मुलुकमा हाल १४ हजार म्यानपावर व्यवसायी रहेका छन् । उनीहरुको उचित व्यवस्थापन गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यान पावर कम्पनीले इजाजतका लागि ६ करोड धरौटी बुझाउनुपर्ने व्यवस्थासहितको प्रस्ताव मन्त्रीपरिषदमा लगेको छ । सो प्रस्ताव फिर्ता नगरे थप आन्दोलन गर्न व्यवसायीले चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);