म्यानपावर व्यवसायीले ६ करोड धरौटी राख्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

म्यानपावर व्यवसायीले ६ करोड धरौटी राख्नुपर्ने

manpower

काठमाडौं, २ चैत । म्यानपावर व्यवसायीले अब ६ करोडसम्म धरौटी राख्नुपर्ने भएको छ। २३ लाख मात्रै धरौटी राख्दै आएका म्यानपावरले अबदेखि दुई करोडदेखि ६ करोडसम्म धरौटी रकम राख्नुपर्ने भएको हो।

सरकारले केही नेपाल कानुनमार्फत वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर व्यवसायीको धरौटी रकम बढाएको हो। यसअघि सञ्चालन भइसकेका व्यवसायीले पनि अबको ६ महिनाभित्र धरौटी रकम र बैंक ग्यारेन्टी राख्नुपर्ने भएको छ। नयाँ व्यवस्थाअनुसार वार्षिक तीन हजारसम्म कामदार पठाउने म्यानपावरले धरौटी ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्छ। वार्षिक तीन हजारदेखि पाँच हजारसम्म कामदार पठाउने म्यानपावरले एक करोड रुपैयाँ नगद र तीन करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्छ। पाँच हजारभन्दा बढी कामदार पठाउने म्यानपावरले धरौटीवापत दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्नुपर्छ।

उक्त व्यवस्था राजपत्रमा फागुन १९ गते नै प्रकाशित भइसकेको छ। वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर व्यवसाय दर्ता गर्न उपयुक्त देखेमा इजाजत पत्रको दस्तुरसहित उक्त व्यवस्थाको रकम धरौटी लिने भएको हो। वैदेशिक रोजगारीमा ठगी बढेको र व्यवसायी जिम्मेवार हुन नसकेको भन्दै सरकारले म्यानपावरको धरौटी रकम बढाएर ६ करोड रुपैयाँ पु‍र्‍याउनु पर्ने प्रस्ताव संसद्ले पारित गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको धरौटी बढेमा बिचल्लीमा परेका कामदार उद्धार गर्न, क्षतिपूर्ति भराउन सजिलो हुने जनाइएको छ। म्यानपावर व्यवसायीले यसअघिको प्रावधानअनुसार सात लाख नगद र २३ लाख बैंक ग्यारेन्टी राखे पुग्दथ्यो। दर्ता भएका करिब १४ सय म्यानपावरमध्ये केहीले मात्रै पाँच हजारभन्दा बढी कामदार पठाउन सकेका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);