रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु

mother-child

काठमाडौं, २ चैत । पछिल्लो सन्तान हुर्कंदै गरेको देख्दा झापाकी ककुमारी (परिवर्तित नाम) को मन पटक्कै खुसी हुँदैन। बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ। घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई। वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ?

१० कक्षासम्म अध्ययन गरेकी उनको सकेसम्म स्वदेशमै केही गरौं भन्ने चाहना थियो। स्वदेशमा बस्दा चाहना पूरा हुन नसकेपछि ६ वर्षअघि उनको सहारा बनेको थियो वैदेशिक रोजगारी। त्यही वैदेशिक रोजगारी ककुमारीका लागि ‘ताँवाको माछो भुङ्ग्रोमा…’ परे जस्तै भएको छ। त्यो पनि दुईचार वर्षलाई होइन, जिन्दगीभरिलाई।

आर्थिक अवस्था सुधार गर्न भन्दै विदेश गएकी २७ वर्षीया ककुमारीको वैदेशिक रोजगारीले आर्थिक अवस्था सुधार गर्नुको साटो साहुले जबरजस्ती करणी गरी जन्मेको सन्तानलाई कसरी हुर्काउने भन्ने समस्या थपिएको छ। वैदेशिक रोजगारीमा जानुअघि नै उनका दुई सन्तान भइसकेका थिए।

सुनौलो जीवन बिताउने अभिलाशामा वैदेशिक रोजगारीमा जाने महिला विदेश पुगेपछि मानसिक, आर्थिक मात्र नभई शारीरिक शोषणमा समेत पर्ने गरेको पाइएको छ। शारीरिक शोषणमा परेका कतिपय महिलाले सन्तान जन्माउनुपर्दा त्यस्ता सन्तानलाई कसरी हुर्काउने भन्ने समस्याले विकराल रूप लिने खतरा बढेको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);