प्रदेश २ को नामाकरण कहिले ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश २ को नामाकरण कहिले ?

pradesh-2

काठमाडौं, १४ माघ । तीन वटा प्रदेशको नामाकरण र राजधानी निर्धारण अझै हुन सकेको छैन । तीन मध्येको एक प्रदेश २ मा भने अहिले यो विषयको बहसले केही तिब्रता पाएको छ । प्रदेश नं. २ मा नामाकरणका लागि सहमति जुट्न नसकेपनि राजधानी जनकपुरधाम राख्ने सहमति जुटेको छ ।

प्रदेश नं. २ को संसदीय विशेष समितिको बैठकले प्रदेशको राजधानी जनकपुरधाम हुने निर्णय गरेको छ । विशेष समितिको बैठकले यस्तो निर्णय गरेपछि अब बस्ने प्रदेश सभाको बैठकले प्रदेश नं. २ को राजधानी जनकपुरधाम हुने निश्चित भएको हो ।

यसका साथै अब प्रदेश नं. २ ले राजधानी पाएपनि प्रदेशको नामाकरण अहिले सम्म हुन सकेको छैन । प्रदेशको नामाकरणका लागि अहिले सम्म संसदमा प्रतिनिधित्व गर्ने दलहरुले सामुहिक रुपमा छलफल समेत नगरेको नेकपाका संसदिय दलका नेता सत्य नारायण मंडलले बताउनु भयो ।

यता, संसदीय समितिका सदस्य समेत रहेका नेपाली काँग्रेसका प्रदेश सभा सदस्य नरेश यादवले प्रदेशको नामाकरणका विषयमा सर्वदलिय छलफल भएको बताउनु भयो । उहाँले छलफलमा सहभागी सबै दलका संसदहरुले प्रस्तावित नामाकरणको विषयमा छलफलबाट नै सहमतीमा नामाकरण हुने बताउनु भयो ।

यता, राजपाका प्रमुख सचेतक परमेश्वर साहले सोमबार भएको बैठकमा नामाकरणको प्रस्तावका विषयमा प्रस्तावक र समर्थकलाई बोलाएर छलफल भएको बताउनु भयो ।

बैठकमै सहभागी समाजबादी पार्टीका प्रदेश नं. २ का उपनेता रामअशिष यादवले समाजवादी र राजपाले दर्ता गराएको मधेश प्रदेशको पक्षमा सरकारले सबैलाई सहकार्य गराउने प्रयास गरिरहेको बताउनु भयो ।

प्रदेश नं. २ को नाम र राजधानीका विषयमा लामो समयदेखि दलहरुले प्रक्रिया थालेपनि अहिलेसम्म प्रदेशको नाम र राजधानीका विषयमा ठोस निर्णय नभएको अवस्थामा पछिल्ला समयमा राजधानीका विषयमा टुङगो लाग्ने देखिएको छ । प्रदेश नं. २ मा माघ २१ गते हुने प्रदेश सभाको वार्षिक उत्सवमा नाम र राजधानी टुङगो लगाउने प्रयास भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);