चितवनमा पहिलोपटक डिएनए परीक्षण गर्ने प्रविधि भित्रियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चितवनमा पहिलोपटक डिएनए परीक्षण गर्ने प्रविधि भित्रियो

चितवन, २५ फागुन । चितवनमा पहिलोपटक डिएनए परीक्षण गर्ने प्रविधि भित्रिएको छ । विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए परिक्षण गर्ने ‘रियल टाईम पिसिआर मेसिन’ भित्रिएको हो ।

पाठेघरको मुखको क्यान्सर पत्ता लागउन अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए परीक्षण गर्ने ‘रियल टाईम पिसिआर मेसिन’ अस्पतालमा भित्रिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. विजय चन्द्र आचार्यका अनुसार मेसिनको प्रयोगले पाठेघरको पानी वा मासु लिएर एचपिभी भाईरसको पत्ता लागाउन सकिने छ ।

बेलैमा भ्याक्सीन लगाएर क्यान्सर रोक्न सकिने अस्पतालका कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । अस्पतालले यो परिक्षणका लागि डाक्टर रन्जनराज भट्टलाई अमेरिकाको विशेष प्राविधिक टोलीसँग विशेष परिक्षण समेत गराईसकेका छन् । प्रविधि भित्रिएसँगै छिमेकी मुलुक भारत जाने बाध्यता अब हट्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);