बारा र पर्सामा हावाहुरी: ३२ जनाको मृत्यु, मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलव्ध गराईने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

बारा र पर्सामा हावाहुरी: ३२ जनाको मृत्यु, मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलव्ध गराईने

Tufan

काठमाडौं, १८ चैत – आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ठूलो धनजनको क्षति भएको छ ।

बारामा मात्र २७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने पर्सामा ५ जनाको मृत्यु भएको छ । इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्काल राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।