अमेरिकामा आँधी, २३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकामा आँधी, २३ जनाको मृत्यु

us-aadhi

काठमाडौं, २० फागुन । अमेरिकामा शक्तिशाली आँधीका कारण कारण २३ जनाको ज्यान गएको छ ।

अलाबामा राज्यको ली काउन्टीमा आएको आँधीले कम्तिमा २३ जनाको ज्यान गएको जनाइएको छ । ज्यान गुमाउनेमा केही बालबालिका पनि रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । आँधीले घर तथा भवन भत्काएको र भग्नावशेषमा स्थानीय बासिन्दा फसेको जनाइएको छ ।

भग्नावशेषमा फसेकाहरुको उद्धार गरि अस्पताल लैजाने काम भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन । अलाबामाका गभर्नर के आइभीले केही दिनसम्म मौसम थप खराब हुन सक्ने भन्दै नागरिकहरुलाई सतर्क रहन आग्रह गरेका छन । । आँधीमा हावाको गति २ सय २६ किलोमिटर प्रति घण्टा पुग्ने क्षमता रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);