५ प्रतिशत हुने चीनले ग¥यो लक्ष्य निर्धारण,विज्ञान र प्रविधिमा १० प्रतिशत बजेट बढाउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

५ प्रतिशत हुने चीनले ग¥यो लक्ष्य निर्धारण,विज्ञान र प्रविधिमा १० प्रतिशत बजेट बढाउने घोषणा

काठमाडौं,२३ फागुन । चीनले यस वर्ष आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ । चिनियाँ संसद् नेशनल पिपल्स कंग्रेस एनपीसीको अधिवेशनमा प्रधानमन्त्री ली छ्याङले यस वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हुने घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उहाँले देशको अर्थतन्त्रमा केही अप्ठ्यारा देखिए पनि त्यसलाई सुधार गर्दै लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । संरचनात्मक सुधार, गुणस्तरमा वृद्धि र प्रदर्शनमा सुधार गर्दै देशले पाँच प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेट्ने प्रधानमन्त्री ली छ्याङको भनाइ छ । गएको वर्ष पनि चीनको आर्थिक वृद्धि पाँच दशमलव दुई प्रतिशत भएपनि यस वर्ष घरजग्गा कारोबारमा देखिएको संकट, मूल्यवृद्धिको दबाब र पुँजी पलायनका चुनौतीका कारण आर्थिक वृद्धिदर घट्ने अनुमानका बीच अर्थतन्त्रप्रति विश्वास जगाउन प्रयास भइरहेको छ ।

चीनले रक्षा र विज्ञान प्रविधिमा लगानी बढाउने घोषणा गरेको छ । सन् २०२४ का लागि रक्षा मामिलामा सात दशमलव दुई प्रतिशतले बजेट बढाउने घोषणा संसदमा गरिएको छ । यस घोषणाअनुसार चीनले अब रक्षा क्षेत्रमा दुई सय ३० अर्ब ६०
करोड डलर खर्च गर्नेछ ।

यस्तै विज्ञान र प्रविधि क्षेत्रमा १० प्रतिशतले बजेट बढाउने घोषणा गरिएको छ । विज्ञान प्रविधि क्षेत्रमा यस पटक चीनले ५१ अर्ब ६० करोड डलर खर्च गर्न लागेको छ । अमेरिकाले विज्ञान प्रविधिको क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाएसँगै चीनले आत्मनिर्भर हुनका लागि बजेट बढाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);