क्रिस्टियानो रोनाल्डो युरोपको शीर्ष तीन लिग र लिग कपको उपाधि जित्ने पहिलो खेलाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

क्रिस्टियानो रोनाल्डो युरोपको शीर्ष तीन लिग र लिग कपको उपाधि जित्ने पहिलो खेलाडी

एजेन्सी । इटालीको युभेन्ट्स फुटबल क्लबका पोचूगाली खोलाडी क्रिस्टियानो रोनाल्डो युरोपको शीर्ष तीन लिग र लिग कपको उपाधि जित्ने पहिलो खेलाडी भएका छन् । युभेन्टसका लागि कोपा इटालियाको उपाधि जितेपछि रोनाल्डो फरक तीन राष्ट्रको राष्ट्रिय लिग र लिग कप उपाधि जित्ने विश्वकै पहिलो खेलाडी भएका हुन् ।

३६ वर्षीय रोनाल्डोले यसअघि स्पेन र इंग्ल्यान्डका क्लबबाट राष्ट्रिय लिग र लिग कपको उपाधि जिते सकेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबाट रोनाल्डोले प्रिमियर लिग र एफए कप जितेका थिए । यस्तै स्पेनिस क्लब रियल मेड्रिडबाट रोनाल्डोले ला लिगा र कोपा डेल रे जितेका थिए ।

रोनाल्डो युरोपको शीर्ष तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् । रोनाल्डोले इटालीको युभेन्ट्स , इंग्लयाण्डको म्यानचेस्टर युनाईटेड तथा स्पेनको रियल मेड्रिड प्रत्येक क्लबबाट १ सय भन्दा बढी गोल गरिसकेका छन् । उनले पोर्चुगलका लागि पनि १ सय गोल गरिसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);