पाँच हजार मिटर दौडमा युगान्डाका जोसुवाको विश्व कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पाँच हजार मिटर दौडमा युगान्डाका जोसुवाको विश्व कीर्तिमान

एजेन्सी, ३१ साउन । युगान्डाका धावक जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएका छन् । फ्रान्सको मोनाकोमा भइरहेको डाइमण्ड लिग ट्रयाक एण्ड फिल्डको ५ हजार मिटर दौडमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

२३ वर्षीय जोसुवाले १२ मिनेट ३५ दशमलव ३६ सेकेन्डमा दौड पुरा गरेर विश्व कीर्तिमान बनाएका हुन् । उनले पाँच हजार मिटरमा इथोपियाका केनीनिसा बेकेलेको नाममा रहेको १२ मिनेट ३७ दशमलव ३५ सेकेन्डको कीर्तिमान २ सेकेण्डले भंग गरेका हुन् ।

मोनाकोमा जोसुवाले दोस्रो पटक विश्व कीर्तिमान बनाएका हुन् । गत फेब्रेवरीमा जोसुवाले ५ किलोमिटर दौडमा पनि कीर्तिमान बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);