च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा आज सिटी र लियोन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा आज सिटी र लियोन भिड्दै

एजेन्सी, ३१ साउन । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा आज राति इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र फ्रान्सको ओलम्पिक लियोन भिड्ने भएका छन् । पोर्चुगलको स्टाडियो डा लुजमा नेपाली समय अनुसार राति पौने १ बजे खेल सुरु हुनेछ ।

म्यान्चेष्टर सिटी स्पेनको रियल म्याड्रिडलाई तथा लियोन इटालीको युभेन्ट्सलाई हराएर क्वार्टरफाईनलमा पुगेका हुन् । म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले घरेलु फुटबलका कप प्रतियोगिताको अनुभवले च्याम्पियन्स लिगको सेमिफाईनलमा पुग्ने प्रतिक्रिया दिएका छन् । उनले फ्रान्सेली क्लब लियोनबिरुद्ध दोस्रो अवसर नहुने हुँदा खेलको प्रस्तुती निकै फरक हुने बताएका छन् ।

लियोनबिरुद्ध उत्रदै गर्दा सिटीसंग फरवार्ड सर्जियो अग्युरो हुने छैनन् । यो खेलको विजेताले सेमिफाईनलमा जर्मनीको बायर्न म्युनिखसंग खेल्नेछ । म्युनिख स्पेनको बार्सिलोनालाई ८–३ गोलको अन्तरबाट हराउदै सेमिफाईनलमा पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);