च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा एट्लेटिको म्याड्रिड र आरबी लाईपजिग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा एट्लेटिको म्याड्रिड र आरबी लाईपजिग भिड्दै

एजेन्सी , २९ साउन । युरोपीयन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा आज स्पेनको एट्लेटिको म्याड्रिड र जर्मनीको आरबी लाईपजिगबीच प्रतिस्पर्धा हुदैछ । पोर्चुगलको एस्टाडियो जोसे अल्भालेड रंगशालामा नेपाली समय अनुसार राति पौने १ बजे खेल सुरु हुनेछ ।

जर्मन क्लब लाईपजिगले पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको हो । स्पेनिस क्लब एथलेटीको भने पछिल्लो ६ बर्षमा दुई पटक च्याम्पियन्स लिगको फाईनलसम्म पुगिसकेको छ । आजको खेलको विजेता टिमले फाईनल प्रवेशका लागि पेरिस सेन्ट जर्मेन पीएसजीसंग खेल्नेछ ।

यो महत्वपुर्ण खेलमा एट्लेटिकोका फरवार्ड एन्जल कोरेया र डिफेन्डर सिमी व्रसालज नखेल्ने भएका छन् । दुवै जनालाई कोरोना संक्रमण पुष्टिभएपछि एकान्तवासमा राखिएको छ । दुवै खेलाडीले च्याम्पियन्स लिगका बाँकी खेल गुमाउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);