युरोपियन च्याम्पियन्स लिग : दुवै खेल बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युरोपियन च्याम्पियन्स लिग : दुवै खेल बराबरीमा रोकियो

football

काठमाडौं, ८ फागुन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलवार राति भएका दुवै खेल बराबरीमा सकिएका छन् ।

राउण्ड अफ १६ को पहिलो लिगको खेलमा इंग्लिस क्लब लिभरपुललाई जर्मनीको बायर्न म्युनिखले गोल रहित बराबरीमा रोकेको हो । दोस्रो लिगको खेल आगामी मार्च १४ तारिखमा जर्मनीमा हुनेछ । च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको अर्को खेलमा स्पेनको बार्सिलोनालाई फ्रेन्च क्लब ओलम्पिक लियोंले गोलरहित बराबरीमा रोकेको छ ।

एकतर्फी खेलमा बार्सिलोनाले २५ वटा प्रहार गरे पनि गोल गर्न भने सकेन । च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले आफ्नै मैदानमा ईटालीको युभेन्टससँग खेल्दा जर्मनीमा हुने खेलमा शाल्कासँग इंग्ल्यान्डको म्यान्चेस्टर सिटी भिड्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);