च्याम्पियन्स लिगः ला लिगा क्लब एथ्लेटिको मड्रिड विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

च्याम्पियन्स लिगः ला लिगा क्लब एथ्लेटिको मड्रिड विजयी

athetic madric1

काठमाडौं, ९ फागुन । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन सिरी ए क्लब युभेन्टसलाई स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले २ – ० गोलअन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले युभेन्टस माथि जित हासिल गरेको हो । एथ्लेटिकोले दुबै गोल खेलको दोश्रो हाफमा गरेको हो । युभेन्टसका लागि पहिलो गोल खेलको ७८ औं मिनेटमा जोसे मारिया गिमेनेजले गरेका थिए भने दोश्रो गोल खेलको ८३ औं मिनेटमा डिएगे गोडिनले गरेका हुन् । एथ्लेटिको मड्रिडले गोल गर्नु अघि पेनाल्टी पाएको थियो ।

तर भिडियो एसिस्टेन्स रेफ्रीको सहायताले त्यो पेनाल्टी दिनु पर्ने नरहेको निर्णयमा रेफ्री पुगे । त्यस्तै युभेन्टसका स्टार स्ट्राइकर रोनाल्डोले ३५ यार्डबाट हानेको फ्रि किकलाई जोन ओब्लाकले असफल बनाइ दिए । हार सँगै युभेन्टसको च्याम्पियन्स लिगको अगामी यात्रा कठिन बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);