आठौं राष्ट्रिय खेलकूद : सशस्त्रकी सन्तोषी श्रेष्ठले बनाईन् राष्ट्रिय कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आठौं राष्ट्रिय खेलकूद : सशस्त्रकी सन्तोषी श्रेष्ठले बनाईन् राष्ट्रिय कीर्तिमान

santoshi shrestha

दाङ, ८ बैशाख । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिला ५ हजार मिटर दौडमा सशस्त्र प्रहरी (एपीएफ क्लब)की सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

दाङको बेलझुन्डीमा आइतबार सन्तोषीले निर्धारित दुरी १६ मिनेट ३८ दशमलब ५३ सेकेन्डमा पुरा गर्दै कीर्तिमानसहित स्वर्ण जितिन् । प्रतिस्पर्धामा रजत जितेकी आर्मीकी बिश्व रुपा बुढाले निर्धारित दुरी १६ मिनेट ४६ दशमलब ०३ सेकेन्डमा पुरा गरिन् । त्यसैगरी निर्धारित दुरी १७ मिनेट ०३ दशमलब ७५ सेकेन्डमा पुरा गर्दै एपीएफकी बिन्द्रा धन्के श्रेष्ठले कास्यपदक जितिन ।

यस्तै ४ गुणा ४ सय मिटर रिले दौडको महिलामा आर्मीले राष्ट्रिय कीर्तिमान बनाएको छ । कृष्णा चौधरी , संगिता मेचे , सरस्वती भट्टराई र तुलसा खत्री रहेको आर्मीले निर्धारित दुरी ४ मिनेट ०२ दशमलब ४८ सेकेण्डमा पुरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);