८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण

काठमाडौं। एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आर्मीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जितिन् ।

पुरुषतर्फ निर्धारित दुरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते।

पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले कांस्य पदक जिते । निर्धारित दुरी कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्ड पूरा गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);