मेसी र रोेनाल्डोको पुस्ता घरतर्फ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेसी र रोेनाल्डोको पुस्ता घरतर्फ

messi ronaldo

काठमाडौं, १८ असार । विश्व फुटबलका महान् खेलाडीद्वय पेले र म्याराडोनाको पुस्तापछि त्यो उचाइमा अन्य खेलाडीको नाम आएको छैन । तर अहिले बहस तीव्र बनेको छ, वर्तमानका महान् खेलाडी को हुन् लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो दुवै।

दक्षिण अमेरिकी फुटबललाई माया गर्ने, अझ भनौं स्पेनिस क्लब बार्सिलोनालाई पछ्याउनेहरूका लागि मेसी विश्वकै उत्कृष्ट खेलाडी लाग्न सक्छ्न । त्यस्तै युरोपेली फुलबल मन पराउने र रियाल मड्रिडलाई पछ्याउनेहरूका लागि भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मेसीभन्दा अब्बल दरिन सक्छन् । दुवैका दाबी आआफ्नै ठाउँमा सही छन् । वर्षैपिच्छे विश्वकै सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने ‘बालोन डी अर’ अवार्डको विगत हेर्ने हो भने समर्थकका तर्कमा खोट लगाउन मिल्दैन ।

पछिल्लो १० वर्ष रोनाल्डो र मेसीबाहेक अन्यको नाम त्यहाँ भेट्टाउन सकिँदैन । मेसी र रोनाल्डोबीचको व्यक्तिगत सम्बन्ध आफ्नै ठाउँमा होला तर, दुवैका समर्थकले एकअर्काको कटु आलोचना गर्छन् । समर्थक मात्र होइन विश्वकै सञ्चारमाध्यले पनि दुई खेलाडीबीच उत्कृष्टताको होडमा थप मसला थपिदिएका छन् । यी दुई खेलाडीबीचको होडमा अन्य खेलाडी भने छायामा परेका छन्।

क्लब फुटबलमा मेसी र रोनाल्डोले जुन जादु देखाउने गर्छन्, अन्तर्राष्ट्रिय प्रतियोगितामा भने दुवै असफल देखिन्छन् । व्यावसायिक फुटबलमा मेसी र रोनाल्डोले जुन वाहवाही पाउँछन्, अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रदर्शनमा भने दुवैले चर्को आलोचना खेप्ने गर्छन् । भलै रोनाल्डोले दुई वर्षअघि फ्रान्समा युरोपियन च्याम्पियनसिपको उपाधि उचालेर आफूमाथिको दबाब कम गरेका छन् ।

दुई साताअघिदेखि रूसमा फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप चलिरहेको छ । विश्वकपमा ३२ राष्ट्रका ७ सय ३६ खेलाडीले आफूलाई सिद्ध गर्ने प्रयास गरे र गरिरहेका छन् । प्रतियोगिता जुन १५ जुलाईसम्म चलिरहनेछ । आइतबार रातिसम्म समूहचरणबाट १६ र नकआउट चरणबाट ४ गरी २० टोलीका ४ सय ६० खेलाडी प्रतियोगिताबाट घर फर्किसकेका छन् ।

त्यही हूलमा विश्वकपको उपाधि उचाल्दै महान् खेलाडीको पगरी गुथ्न रूस पुगेका मेसी र रोनाल्डोले पनि शनिबार घर फर्कने टिकट पक्का गरिसकेका छन् । मेसी र रोनाल्डो मात्र होइन, साबिक विजेता जर्मनी र इजिप्ट समूह चरणबाट बाहिरिँदा थोमस मुलर, टोनी क्रुस र मोहम्मद सालाहजस्ता उत्कृष्ट खेलाडीले पनि रूस भ्रमण टुंग्याइसकेका छन् ।विगत एक दशक विश्व फुटबलमा आफ्नो दबदबा कायम राख्न सफल मेसी र रोनाल्डो बाहिरिए पनि विश्वकपबाट किलियन एमबाप्पे, गाब्रियल जिसस, ह्यारी केनजस्ता अन्य युवा खेलाडी उदाउने निश्चित छ । रूस विश्वकपमा अहिलेसम्म हेर्दा अबको फुटबल रोनाल्डो र मेसीको पुस्ताबाट नयाँ पुस्तामा स्थानान्तरण हुने सन्देश दिएको छ ।
गत संस्करणको विजेता जर्मनी र उपविजेता अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिसकेका थिए ।

यस्तो अवस्थमा फुटबलको उर्वर भूमि युरोप र दक्षिण अमेरिकाका च्याम्पियनले रूसमा लामो यात्रा तय गर्न सकेनन् । दक्षिण अमेरिकाको कोपा अमेरिका विजेता चिली छनोट हुन असफल भयो भने युरोपियन च्याम्पियन पोर्चुगल पनि अन्तिम १६ बाट घर फर्कियो । पछिल्लो समय विश्वकप फुटबल अफ्रिकी खेलाडीको दबदबा बढिरहेको छ । तर अफ्रिका महादेशका कुनै पनि टोलीले दोस्रो चरणमा स्थान बनाउन सकेनन् । एसियाबाट भाग्यवश जापानले दोस्रो चरणमा पाइला टेकेको छ।

वर्षभर क्लब फुटबलमा रियाल र बार्सिलोनाबीचको प्रतिद्वन्द्वितालाई नजिकबाट हेरेका र आफै संलग्न भएका समर्थकहरूको ठूलो जमात भने विश्वकपबाट मेसीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगल शनिबार अन्तिम १६ बाट बाहिरिएपछि निराश बनेका छन् । समाजिक सञ्जालमा एकअर्कालाई महान् खेलाडीको पगरी गुथाउन छेडछाड र जुहारी चलाउने ती समर्थक अहिले मौन छन् । सामाजिक सञ्जालका भित्ता नियाल्दा लाग्छ कि विश्वकपको रौनक सकिसक्यो । धन्न नेइमार उनको टोली ब्राजिल, स्पेन, इङ्ल्यान्ड र बेल्जियमजस्ता टोलीको उपस्थितिले केही चलायमान भने भइरहेको छ ।

पोर्चुगललाई विश्वकपको अन्तिम १६ सम्म पु¥याउन क्रिस्टियानो रोनाल्डोको भूमिका प्रमुख बन्यो । पहिलो खेलमा ह्याट्रिक पूरा गरेका रोनाल्डोले दोस्रो खेलमा अर्को गोल थपे । आइसल्यान्डविरुद्धको पहिलो खेलमा पेनाल्टीमा गोल गर्न चुके पनि मेसीले महत्वपूर्ण अन्तिम खेलमा गोल गर्दै टोलीलाई दोस्रो चरणसम्म डोर्याए । तर दुवैले शनिबार आफ्नो टोलीलाई अन्तिम १६ माथिको यात्रा गराउन सकेनन् । मेसीले पहिलो खेलमा पेनाल्टी गुमाएजस्तै रोनाल्डो पनि इरानविरुद्ध पेनाल्टीमा गोल गर्न चुके । मेसीको अर्जेन्टिना फ्रान्ससँग २–१ को अग्रता लिएर पनि ४–३ ले पराजित भयो भने रोनाल्डोको पोर्चुगलले उरुग्वेलाई २–१ को नतिजा सुम्पियो । ४ खेलमा रोनाल्डोले ४ गोल गरे भने मेसीले एक गोल गरे । यससँगै करियरको उत्तरार्धमा रहेका मेसी र रोनाल्डोको विश्वकप जित्ने सम्भावना पनि लगभग समाप्त भएको छ।

जर्मनीका थोमस मुलरले विश्वकपमा धेरै गोल गर्ने आफ्नै देशका मिरोस्लाभ क्लोज (१६ गोल) को कीर्तिमान तोड्ने अनुमान गरिएको थियो । बायर्न म्युनिखका फरवार्ड मुलरले २०१० मा ५ र २०१४ मा ५ गरी विश्वकपमा १० गोल गरिसकेका छन् । साबिक विजेता जर्मनीलाई रूसमा पनि प्रमुख दाबेदारका रूपमा हेरिएको थियो । जर्मनीले फाइनलसम्मको यात्रा तय गर्दा मुलरले क्लोजको कर्तिमान तोड्ने अनुमान गरिएको थियो । तर पहिलो खेलमा मेक्सिकोसँग १–० हारेको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई २–१ ले हराउँदै दोस्रो चरण पुग्ने सम्भावना जीवित बनाएको थियो । तर जित्नै पर्ने अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध बनेपछि जर्मनी प्रतियोगिताबाट बाहिरियो । यससँगै मुलर बिनागोल घर फर्किए ।

लिभरपुलबाट उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका सालाहबाट पनि समर्थकले विश्वकपमा ठूलो आशा गरेका थिए । तर, पहिलो खेलमा फिटनेसको कारण देखाउँदै प्रशिक्षक हेक्टर कुपरले सालाहलाई बेन्चमा राखिदिएपछि उनलाई नै हेर्न रंगशाला पुगेका समर्थक निराश बनेका थिए । च्याम्पियन्स लिगको फाइनलमा कुममा चोट बोकेका सालाहकै प्रदर्शनमा इजिप्टले रूससम्मको यात्रा गरे पनि विश्वकपमा अफ्रिकी टोलीले त्यही प्रदर्शनलाई निरन्तरता दिन सकेन ।

समूह ए को पहिलो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको इजिप्ट दोस्रो खेलमा आयोजक रूससँग ३–१ ले हार्यो । अन्तिम खेलमा साउदी अरेबियालाई २–१ को नतिजा सुम्पिएपछि इजिप्ट प्रतियोगिताबाट बाहिरियो । इजिप्टले प्रतियोगितामा गरेका दुवै गोल सालाहको नाममा रहे पनि उनको प्रदर्शनले समर्थकलाई निराश बनायो । आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);