आईपीएल टी–ट्वान्टीः राजस्थानसँग ७ विकेटले पन्जाब पराजित

एजेन्सी, १५ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

आबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्जु सामसनले ४८, रोबिन उथप्पाले ३०, कप्तान स्टिभ स्मिथ ३१ र जोस बट्लरले २२ रन बनाए । पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केएल राहुलले ४६, निकोलस पुरनले २२, ग्लेन म्याक्स्वेलले ६ रन जोड्दा मन्दिप सिंह सुन्य रनमा आउट भए ।

राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २/२ विकेट लिए । पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिदैं प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ ।

Leave a Reply