आइसीसी–१९ विश्वकप छनोट खेलमा १६९ रनमै नेपाल अलआउट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आइसीसी–१९ विश्वकप छनोट खेलमा १६९ रनमै नेपाल अलआउट

साउन ६, काठमाण्डौँ । आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोटअन्र्तगत सिंगापुरमा जारी प्रतियोगीतामा नेपालले सिंगापुरसामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाइ सिंगापुरलाई १ सय ६९ रनको लक्ष्य दिएको हो । १ सय ६८ रन बनाउने क्रममा दिपेन्द्र सिंह ऐरीले अर्धशतक रन बनाएका थिए । ८३ बलको सामना गरेका ऐरीले ५४ रनको योगदान गरे । ऐरी बाहेक ओपनर सन्दिप सुनारले २६, केसी प्रकाशले २३ र रोहित कुमार पौडेलले १५ रन बनाए । बाँकि खेलाडीले भने दोहोरो रन जोड्न सकेनन् । नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);