च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण

काठमाडौं । च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज हुने भनिएको च्यासल र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको छ ।

च्यासलका १९ खेलाडीमा कोरोना पुष्टि भएको छ । आफ्ना खेलाडीलाई कोरोना पुष्टि भएपछि च्यासलले आजको खेल स्थगित गर्न अखिल नेपाल फुटबल संघ ‘एन्फा‘ लाई आग्रह गरेको हो ।

मेडिकल कमिटीको सल्लाहमा एन्फा लिग कमिटीले आजको खेल स्थिगित गर्ने निर्णय गरेको हो । खेलको नयाँ चाँडै तय हुने एन्फाले जनाएको छ । यसअघि आठौं चरण्मा पोखरामा मनाङ मर्स्याङ्दीविरुद्धको खेल खेलेर काठमाडौं फर्किएपछि च्यासलका दुई खेलाडीमा कोरोना देखिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);