१३ औं सागमा पदक जित्ने ३ खेलाडी डोपिङमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१३ औं सागमा पदक जित्ने ३ खेलाडी डोपिङमा

SAG 2019

एजेन्सी, १५ जेठ । गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता तीन पाकिस्तानी खेलाडी डोपिङमा परेका छन । गत वर्षको मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको १३ औं साग खेल्न आएका उनीहरूले प्रतिबन्धित औषधी सेवन गरेको पाइएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन्।

उनीहरुको पहिलो चरणको नमूना परीक्षणमा डोपिङ पोजेटिभ पाइएको हो । दोस्रो चरणको परीक्षण हुन बाँकी छ । साग अन्तर्गत ४ सय मिटर हर्डल्सका स्वर्ण विजेता मेहबुब अली, १ सय १० मिटर हर्डल्सका मोहम्मद इनाम र १ सय मिटर दौडका कांस्य विजेता सामी उल्लाहको नमूना परीक्षणमा उनीहरूले शक्तिबर्धक औषधी सेवन गरेको पाइएको हो ।

दोस्रो चरणको परीक्षणमा पनि डोपिङ गरेको प्रमाणित भएमा पाकिस्तानले ६ वटा पदक गुमाउनेछ । रिले दौडमा पनि यी तीन खेलाडीले सहभागिता जनाएका थिए ।

पाकिस्तानी एथलेटिक्स फेडेरेसनले पहिलो परीक्षणमा पोजिटिभ देखिएका खेलाडीहरू दोस्रो परीक्षणमा पनि दोषी पाइए उनीहरूको पदक फिर्ता हुने र कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);