रियल मड्रिडको प्रशिक्षकमा सान्टियागो सोलारी नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रियल मड्रिडको प्रशिक्षकमा सान्टियागो सोलारी नियुक्त

काठमाडौं, २८ कात्तिक । स्पेनिस फुुटबल क्लब रियाल मड्रिडले मुुख्य प्रशिक्षकमा कार्यवाहक प्रशिक्षक सान्टियागो सोलारीलाई नियुक्त गरेको छ ।

रियालले सोलारीलाई सन् २०२१ जुुनसम्मका लागि क्लबको मुुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । अक्टोबर २९ मा रियलले पूर्व प्रशिक्षक जुलियन लोप्तेगीलाई बर्खास्त गरेपछि ४२ वर्षीय सोलारीले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

रियलले कार्यवाहक प्रशिक्षकमा २ हप्ताभन्दा बढी राख्न नपाइने नियमको पालना गर्दै सोलारीलाई मुुख्य प्रशिक्षक बनाएको हो । सोलारीले प्रशिक्षण सम्हालेपछि रियलले लगातार चार खेलमा विजयी हासिल गरेर इतिहासमानै प्रशिक्षकले गरेको सबैभन्दा राम्रो सुरुवात बनाएको छ ।

सोलारीको प्रशिक्षणमा रियलले कोपा डेल रेमा मेलिलालाई, च्याम्पियन्स लिगमा भिक्टोरिया प्लाजेन तथा ला लिगामा रियाल भालाडोलिड र सेल्टा भिगोलाई हराएको थियो । सोलारीले नेतृत्व लिँदा स्पेनिस ला लिगाको नवौं स्थानमा रहेको रियल अहिले छैटौं स्थानमा पुगेको छ । जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछाडि हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);