नेपालको सीएमजी भेट्रान क्लब भारतको गुवाहटी प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

नेपालको सीएमजी भेट्रान क्लब भारतको गुवाहटी प्रस्थान

काठमाडौं, २८ कात्तिक । भारतको गुवाहटीमा हुने पाँचौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा नेपालको सीएमजी भेट्रान क्लबले सहभागीता जनाउने भएको छ ।

युनाइटेड ब्रदर्स क्लबको आयोजनामा नोभेम्बर १५ देखि १८ सम्म हुने प्रतियोगितामा सहभागि हुन नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहको नेतृत्वमा टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

सीएमजी टोलीमा राजेश मानन्धर, बालगोपाल मानन्धर, राकेश श्रेष्ठ, नवीन पाण्डे, दिनेश व्यञ्जनकार, चेतनारायण श्रेष्ठ, शुक्र तामाङ, रविन व्यञ्जनकार, विजय श्रेष्ठ, सुविन शाक्य, कर्मा छिरिङ गुरुङ, आकाश गुरुङ, उज्जवल श्रेष्ठ, छन्नुराम चौधरी, सरोजकुमार थापा क्षेत्री, नरोत्तम गौतम, सञ्जीत सिंह र अष्टकुमार कवे छन् ।

टोलीको व्यवस्थापकमा विजय शाही छन् । प्रतियोगितामा भारतको मणिपुर, कोलकातासहित नेपाल, भुटान र बंगलादेशका टिम सहभागी हुनेछन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष दुई टिमले सेमिफाइनल यात्रा गर्नेछन् । विजेताले ५० र उपविजेताले ३० हजार भारतीय रुपैयाँ प्राप्त गर्नेछन् ।

ताजा समाचार