नेपाली फुटबल टोली बिहीवार स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाली फुटबल टोली बिहीवार स्वदेश फिर्ता

काठमाडौं २९ कात्तिक । नेपाली टोली ऐतिहासिक सफलतासहित बिहीबार दिउँसो नेपाल आईपुगेको छ । म्यानमारमा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको पहिलो राउण्डमा नेपाल उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

नेपालले समूह सी ३ खेलबाट ३ अंक नै बनाउँदै तेस्रो भएको थियो । तेस्रो स्थानमा भएका उत्कृष्ट २ टोलीले दोस्रो चरणमा पुग्ने प्रावधान थियो । यसैअनुसार नेपाल ओलम्पिकको दोस्रो चरणमा छनोट हुन सफल भएको हो ।

नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि नेपालभन्दा निकै अब्बल टोली आयोजक म्यानमारलाई १–१ गोलकै बराबरी खेल्दै अंक बाँडेको थियो । अन्तिम तथा तेस्रो खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै फेरी अंक बाँडेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);