आईसीसी टि –२० महिला विश्वकप क्रिकेट: आएरल्याण्ड पाकिस्तानसंग ३८ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

आईसीसी टि –२० महिला विश्वकप क्रिकेट: आएरल्याण्ड पाकिस्तानसंग ३८ रनले पराजित

काठमाडौं, २८ कात्तिक । आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले बुधबार राति आएरल्याण्डलाई ३८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन जोडेको थियो ।

पाकिस्तानका लागि जावरिया खानले नट आउट ७४ रन बनाउँदा अएसा जफारले २१ रन जोडेकी थिइन् । १४० रनको लक्ष्य लिएर मैदानमा आएको आएरल्याण्डले ९ बिकेटको गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । इसबोल जोयसीले ३० रन बनाउँदा कार्ले सिलिङटनले २७ रन बनाइन् ।

अरु कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा आएरल्याण्ड पाकिस्तानसँग ३८ रनले पराजित हुन पुगेको हो । पाकिस्तानका साना मिर, इमान अनवर, नस्र सान्धु र एलिया रियाजले दुई दुई विकेट लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);